प्रियङका कार्की र शिवहरी पौडेलको अभिनयमा ’हाई भन्यो मायाले’ सार्वजनिक
- Khabar abhiyan

हिन्दु नारीहरुको महान चाड पर्व हरितालिका तीजको अवसरमा गायिका कल्पना देवकोटा पौडेलको स्वरमा रहेको मौलिक तीज गीत ’हाई भन्यो मायाले’ गीतको भिडियो सार्वजनिक भएको छ ।
तीजको गीत भन्ने बितिकै आजकल प्राय नाच्ने भन्ने नै बुझिन्छ तर तीज भन्ने बितिकै नाच्ने मात्र नभएर एउटा चेलीले बेदना पोख्ने माध्यम पनि हुन्छ भन्ने बुझाउने प्रयास स्वरुप तीज गीत ’हाई भन्यो मायाले’मा परदेशमा रहेका नेपाली चेलीहरुको अवस्थालाई चित्रण गरिएको छ ।
गीतमा लक्ष्मण पौडेलको शब्द तथा संगीत रहेको छ । परदेशमा बसेर तिज आउँदा भोग्नुपर्ने पिडालाई गीतमाा देखाइएको छ । माइतिको सम्झना आमाले पकाएको दर को याद आफ्नो जीवन साथी भने जस्तै पाएपनी माइती घरमा नभएका कारण दुख पाएको कुरालाई कलात्मक रुपमा प्रस्तुत गरिएको छ ।
बावुल गिरीले संगीत संयोजन गरेको गीतमा तीजको बेला नारीहरुले व्यक्त गर्ने भावना प्रस्तुत छ। गीतको मिक्सिङ्ग मास्टरिङ्ग श्याम स्वेत रसाईलीले गरेका छन् ।
पशुपती बस्यालको छायाँकन , पदम सुवेदीको सम्पादन तथा शिव विक को निर्देशनमा भिडियो तयार पारिएको छ । गीतमा नेपालका ख्यातिप्राप्त कलाकारहरु प्रियङका कार्की , शिवहरी पौडेल , खेम शर्मा र रुवी पौडेलको अभिनय रहेको छ ।

पाँचौ अन्तराष्ट्रिय सांस्कृतिक चलचित्र महोत्सव काठमाडौंमा आयोजना हुने
काठमाडौं : पाँचौ अन्तराष्ट्रिय सांस्कृतिक चलचित्र महोत्सव काठमाडौंमा आयोजना हुने भएको छ । चैत्र १६ देखि १८ गते अर्थात मार्च २९ देखि ३१ सम्म चलचित्र

दोस्रो धर्मेमदेबी मेयर कपको उपाधी धनकुटा नगरपालिका लाई
संखुवासभाको धर्मदेबी नगरपालिकामा जारी दोस्रो मेयर कपको उपाधी धनकुटा नगरपालिका धनकुटाले हात पारेको छ । गत फागुन ५ गतेबाट धर्मदेबी नगर खेलकुद
संखुवासभाको धर्मदेबिमा ग्रासरुट फुटबल ट्रेनिङ सुरु
संखुवासभा / संखुवासभाको धर्मदेबी नगरपालिकामा युवा क्षमता बिकास कार्यक्रम अन्तर्गत ग्रासरुट फुटबल ट्रेनिङ बिहिबारबाट वडा न.७ मा सुरु भएको छ।





प्रतिकृया दिनुहोस