ताजा खबर

पत्रकार महासंघको अगुवाईमा संखुवासभामा सरसफाई अभियान सुरु

  • Khabar abhiyan
SITENAME

वातावरणीय स्वच्छता कायम राखौ, स्वस्थ जिवन बाँचौं, हाम्रो फोहोर हाम्रै जिम्मेवारी भन्ने नाराका साथ नेपाल पत्रकार महासंघ संखुवासभाको आयोजनामा सदरमुकाम खाँदबारीमा सामुहिक सरसफाई अभियान संचालन गरिएको छ ।May be an image of ५ people, jeep and text

अत्याधिक फोहोरका कारण जिल्ला सदरमुकामको प्रमुख बजारका रुपमा रहेको बसपार्क क्षेत्रको सौन्दर्यता खच्किएको भन्दै पत्रकार महासंघले खाँदबारी युथ क्लव, संबृद्ध बहुउद्धेशीय सहकारी संस्था, नेपाल अर्बूद रोग निवारण संस्थासँगको संयुक्त आयोजनामा सरसफाई अभियान संचालन गरेको हो ।


सरसफाई अभियानमा जिल्ला समन्वय समिति संखुवासभा, खाँदबारी नगरपालिका, जिल्ला प्रशासन कार्यालय, नेपाली सेना, नेपाल टेलिकम, जिल्ला प्रहरी कार्यालय, रेडक्रस, यातायात ब्यवसायी महासंघ लगायतको सहभागिता रहेको थियो ।

May be an image of १५ people and text

जिल्ला समन्वय समितिका प्रमुख सुमन शाक्यको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बिशिष्ट अतिथी खाँदबारी नगरपालिकाका प्रमुख महेश थपलिया, सहायक प्रमुख जिल्ला अधिकारी मोहनमणी घिमिरे, काँग्रेसका पुर्व जिल्ला सभापति दिपनकुमार श्रेष्ठ, रेडक्रस सभापति सरोजकुमार बज्राचार्य लगायत संचारकर्मीहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा प्रमुख अतिथी शाक्यले यो अभियानले फोहोर मैला ब्यवस्थापनका लागि जनचेतना फैलाउन महत्वपुर्ण भुमिका निर्वाह गर्ने धारणा राख्नु हुँदै यसको दिगो समाधानका लागि खाँदबारी नगरपालिकाले विशेष कार्यक्रम ल्याउन आवश्यक रहेकोमा जोड दिनु भएको थियो ।

May be an image of ६ people, train, car, road and text

कार्यक्रममा प्रमुख अतिथी शाक्यले पृथ्वी सबैको साझा भएकाले भावी पुस्ताका लागि समेत हामिले स्वच्छ वातावरणमा बाँच्न योग्यरुपमा यसलाई हस्तान्तरण गर्नूपर्ने दायित्व रहेको धारणा राख्नुभएको थियो । करिव एक सय जनाको सहभागिता रहेको सामुहिक सरसफाई अभियानमा त्यस क्षेत्रमा अब्यवस्थीत रुपमा रहेका प्लाष्टिकका बोतल, फुटेका शिसी लगायतका दुई ट्याक्टर फोहोर संकलन गरि खाँदबारी ९ स्थीत डम्पीङ्ग साईटमा पुर्याईएको पत्रकार महासंघका अध्यक्ष कृष्णराज शाक्यले बताउनु भयो ।

May be an image of १५ people, combine and text

कार्यक्रममा खाँदबारी नगरपालिका १ का वडाध्यक्ष निरञ्जन श्रेष्ठले फोहोर ब्यवस्थापनका लागि पत्रकार महासंघले सुरु गरेको अभियानको दिगोपनाका लागि वडाको तर्फबाट सकेको सहयोग उपलब्ध गराईने प्रतिवद्धता जनाउनु भएको छ । वडाध्यक्ष श्रेष्ठले बसपार्क क्षेत्रमा रहेका काउण्टर संचालक, यात्रु र टोल बिकास समितिको सक्रियतामा चाँडै नै त्यस क्षेत्रमा दिगो सरसफाईका लागि वडाका तर्फबाट पहल गर्ने प्रतिवद्धता जनाउनु भएको थियो ।

May be an image of ३ people

कार्यक्रममा समापन मन्तब्य राख्दै महासंघका अध्यक्ष कृष्णराज शाक्यले पत्रकार महासंघले संचालन गरेको सरसफाई अभियानमा सहकार्य गर्ने खाँदबारी युथ क्लव, संबृद्ध बहुउद्धेशीय सहकारी संस्था, नेपाल अर्बूद रोग निवारण संस्था लगायत सरसफाई अभियानमा सहभागि हुने जिल्ला समन्वय समिति, जिल्ला प्रशासन कार्यालय, नेपाली सेना, नेपाल प्रहरी, खाँदबारी नगरपालिका, रेडक्रस लगायतलाई धन्यबाद तथा आभार प्रकट गरेका गर्नु भएको थियो ।

May be an image of ९ people

प्रतिकृया दिनुहोस
SITENAME

स्थानीय तहको कानून निर्माण प्रक्रिया

कमलमणि थापा लेखसारः नेपालको संविधानको धारा 226 को उपधारा (2) मा स्थानीय तहको कानून निर्माण सम्बन्धी प्रक्रिया सम्बन्धित प्रदेशले बनाएको कानून बमोजिम

SITENAME

मुढे बजार व्यवस्थापन समितीको नयाँ कार्यसमिति आए लगत्तै कार्यालय तोकियो

धर्मदेबी नगरपालिकाको मुख्य बजार मुढे बजार व्यवस्थापन समितिमा सुर्य पौडेलको नेतृत्वमा नयाँ कार्यसमिति बनेको छ।   नयाँ कार्यसमिति आए लगत्तै मुढे

SITENAME

उर्जामन्त्री खड्काद्धारा क्षतिग्रस्त अपर तामाकोशी जलविद्युत आयोजनाको निरीक्षण

उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले बाढीपहिरोले क्षति पु¥याएको दोलखाको अपर तामाकोशी जलविद्युत आयोजनाको स्थलगत निरीक्षण गर्नुभएको छ