ताजा खबर

संखुवासभा अब पूर्ण विद्युतीयकरणको यात्रामा, जिल्लावासीले दिए धन्यवाद

  • Khabar abhiyan
SITENAME

संखुवासभा, १२ जेठ/     संखुवासभा जिल्लाका दुर्गम गाउँहरू पनि अब पूर्ण विद्युतीयकरणको यात्रामा गएको छ । ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री दीपक खड्काको सक्रिय पहलमा संखुवासभा जिल्लाका सम्पूर्ण स्थानमा पूर्ण विद्युतिकरण गर्नका लागि रु २९ करोड ६३ लाखको ठूलो टेण्डर प्रक्रिया अघि बढाइएको छ।

 

नेपाल विद्युत प्राधिकरणद्वारा जेठ ५ गते (२०२५ मे १९) प्रकाशित सार्वजनिक सूचना अनुसार संखुवासभा जिल्लाको सिलिचोङ गाउँपालिका, मकालु गाउँपालिका तथा भोटखोला गाउँपालिकामा विद्युत विस्तारको कार्य र जिल्लाभर पुराना काठका पोलहरू फेर्ने कार्यका लागि टेण्डर आह्वान गरिएको हो।

ऊर्जा मन्त्रालयका अनुसार सो कार्य सम्पन्न भएपश्चात् संखुवासभा जिल्लाका हरेक घरमा दिगो, सुरक्षित र भरपर्दो विद्युत सेवा पुर्याइनेछ।

 

दुर्गम भौगोलिक अवस्थाका बाबजुद पनि मन्त्री खड्काले देखाएको दृढ संकल्प र यथासमय समन्वयका कारण यो आयोजना अब कार्यान्वयनको चरणमा पुगेको छ।

मन्त्री खड्काले विगतमा संखुवासभावासीहरूसँग विद्युत पहुँच सुनिश्चित गराउने सार्वजनिक प्रतिवद्धता व्यक्त गर्नुभएको थियो। पछिल्लोपटक प्रकाशित सूचना सोही प्रतिबद्धता कार्यान्वयनतर्फको ठोस कदमको रुपमा लिइएको छ ।

 

मन्त्री खड्काको नेतृत्वमा ग्रामीण विद्युतीकरणको यो महत्त्वाकांक्षी योजना कार्यान्वयन भएपछि शिक्षादेखि स्वास्थ्य, कृषिदेखि उद्योगसम्मका क्षेत्रले नयाँ उचाइ लिन सक्ने विश्वास गरिएको छ।

स्थानीय जनप्रतिनिधि, विकासप्रेमी नागरिक र प्राधिकरणका प्राविधिकहरू समेतले मन्त्री खड्काको सक्रियता र गम्भीर प्रयासप्रति धन्यवाद व्यक्त गरेका छन्।

 

प्रतिकृया दिनुहोस
SITENAME

अद्यावधिक नभएको कम्पनीमार्फत शेयर बिक्री, रकम सङ्कलन गर्ने पिंकीविरुद्ध उजुरी

रसुवाको अपर मैलुङ जलविद्युत आयोजना निर्माणकै क्रममा शेयर बिक्रीमा गोलमाल भएको तथ्य बाहिर आएको छ। इनर्जी इन्जिनियरिङ कम्पनीले ६.४२ मेगावाट क्षमताको

SITENAME

देशभरका सुनचाँदी व्यवसायी आन्दोलनमा, संखुवासभाको धर्मदेबिमा पनि व्यवसाय बन्द

संखुवासभा, असार १३ — नेपाल सरकारले सुन र बहुमूल्य रत्नमा लगाएको करको विरोधमा देशभरका सुनचाँदी व्यवसायीहरू आन्दोलनमा उत्रिएका छन्।   संखुवासभा

SITENAME

संखुवासभा केन्द्रबिन्दु भएर भूकम्प गएको छ

संखुवासभा केन्द्रबिन्दु भएर भूकम्प गएको छ । शुक्रबार जिल्लाको गढीडाँडा बजार आसपास केन्द्र भएर भूकम्प गएको हो ।  राष्ट्रिय भूकम्प मापन केन्द्रका