देशभरका सुनचाँदी व्यवसायी आन्दोलनमा, संखुवासभाको धर्मदेबिमा पनि व्यवसाय बन्द
- Khabar abhiyan

संखुवासभा, असार १३ — नेपाल सरकारले सुन र बहुमूल्य रत्नमा लगाएको करको विरोधमा देशभरका सुनचाँदी व्यवसायीहरू आन्दोलनमा उत्रिएका छन्।
संखुवासभा जिल्लासहित धर्मदेवी नगरपालिकाका सुनचाँदी व्यवसायीहरू पनि व्यवसाय पूर्णरूपमा बन्द गरी आन्दोलनमा सहभागी भएका छन्।
धर्मदेवी नगरपालिका–३ स्थित मुढे बजारका व्यवसायी भीम प्रोतेलका अनुसार सरकारले सुनलाई विलासिता सामग्रीको सूचीमा राखेर २ प्रतिशत कर लगाएको र हिरा, रत्नमा १३ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) लागु गरेकोप्रति व्यवसायीहरू आक्रोशित बनेका छन्।
"सुनचाँदी जनजीवनसँग गाँसिएको परम्परागत व्यवसाय हो। सरकारले यसलाई विलासिता भन्दै कर लगाउनु अत्यन्तै अन्यायपूर्ण छ। जबसम्म कर फिर्ता लिइदैन, हामी आन्दोलनबाट पछाडि हट्दैनौं," व्यवसायी प्रोतेलले बताए।
सुनचाँदी व्यवसायी महासंघको अगुवाइमा सुरु भएको आन्दोलन हाल अनिश्चितकालीन व्यवसाय बन्दको रूपमा अगाडि बढाइएको छ। महासंघले सरकारसँग कर खारेज गर्न तथा सुनचाँदी कारोबारका लागि दीर्घकालीन र व्यावहारिक नीति निर्माण गर्न माग गर्दै आएको छ।
सरकारले मागहरूप्रति चासो नदेखाएको भन्दै व्यवसायीहरूले आन्दोलन थप सशक्त बनाइने चेतावनी दिएका छन्। व्यवसायीहरूको भनाइमा यदि सरकारले तत्काल संवाद र समाधान खोजेन भने, आन्दोलन राष्ट्रिय स्तरमै अझ कठोर रूप लिन सक्ने संकेत देखिएको छ।

अद्यावधिक नभएको कम्पनीमार्फत शेयर बिक्री, रकम सङ्कलन गर्ने पिंकीविरुद्ध उजुरी
रसुवाको अपर मैलुङ जलविद्युत आयोजना निर्माणकै क्रममा शेयर बिक्रीमा गोलमाल भएको तथ्य बाहिर आएको छ। इनर्जी इन्जिनियरिङ कम्पनीले ६.४२ मेगावाट क्षमताको

संखुवासभा अब पूर्ण विद्युतीयकरणको यात्रामा, जिल्लावासीले दिए धन्यवाद
संखुवासभा, १२ जेठ/ संखुवासभा जिल्लाका दुर्गम गाउँहरू पनि अब पूर्ण विद्युतीयकरणको यात्रामा गएको छ । ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री दीपक

संखुवासभा केन्द्रबिन्दु भएर भूकम्प गएको छ
संखुवासभा केन्द्रबिन्दु भएर भूकम्प गएको छ । शुक्रबार जिल्लाको गढीडाँडा बजार आसपास केन्द्र भएर भूकम्प गएको हो । राष्ट्रिय भूकम्प मापन केन्द्रका





प्रतिकृया दिनुहोस