ताजा खबर

रविलाई थप ७ दिन हिरासतमा राख्न अदालतको अनुमति

  • Khabar abhiyan
SITENAME

सहकारी ठगीको आरोपमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई थप ७ दिन हिरासतमा राख्न कास्की जिल्ला अदालतले अनुमति दिएको छ।

 

बिहीबार न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले लामिछानेलाई थप ७ दिन हिरासतमा राख्न अनुमति दिएको हो। बिहीबारबाट लागू हुने गरी अदालतले ७ दिनको म्याद दिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायव उपरीक्षक वसन्तकुमार शर्माले थाहाखबरलाई जानकारी दिए।

 

लामिछानेका तर्फबाट वरिष्ठ अधिवक्ता नारायण घिमिरे, डा नारायण कडेल, रास्वपा सांसदसमेत रहेकी सोविता गौतम लगायतले बहस गरेका थिए । 

कास्की जिल्ला अदालतले हिरासतमा राखेर अनुसन्धान गर्न गतशुक्रबारदेखि लागू हुनेगरी दिएको ६ दिनको म्याद बुधबार सकिएपछि उनलाई बिहीबार अदालत पेश गरिएको हो।

 

उनको बयान नसकिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।  प्रहरीले लामिछानेमाथि सहकारी ठगी र संगठित अपराधमा अनुसन्धान गरिरहेको छ

अदालतले रविसहित पूर्वडीआइजी छविलाल जोशी र लिला पछाई‌लाई पनि थप ७ दिन म्याद थपको अनुमति दिएको छ।                                                                          Source_thaha khabar

प्रतिकृया दिनुहोस
SITENAME

धर्मदेवी नगरपालिकाको १४औं नगरसभामा ५२ करोड २ लाख १७ हजार ३५६ रुपैयाँको बजेट प्रस्तुत

धर्मदेवी, असार १० – धर्मदेवी नगरपालिकाको १४औं नगरसभामा आज आर्थिक वर्ष २०८२/०८३ का लागि ५२ करोड २ लाख १७ हजार ३५६ रुपैयाँको बजेट प्रस्तुत गरिएको छ।

SITENAME

४२ अाै विपि स्मृति दिवसमा धनकुटा काठमाण्डौ कांग्रेसको सुभकामना कार्यक्रम

४२ अाै विपि स्मृति दिवसकाे अवसरमा नेपाली कांग्रेस धनकुटा काठमाडौं सम्पर्क समितिले बधाई , शुभकामना तथा सम्मान कार्यक्रम सम्पन्न गरेकाे छ ।

SITENAME

महालक्ष्मीमा सहकारी संस्थाका कृषकलाई ४८ वटा हाते ट्याक्टर

  महालक्ष्मी साना किसान कृषि सहकारी संस्थाका कृषकलाई ३१ लाख बराबरको ४८ वटा हाते ट्याक्टर वितरण गरिएको छ । महालक्ष्मी साना किसान कृषि सहकारी