मुढे बजार व्यवस्थापन समितीको नयाँ कार्यसमिति आए लगत्तै कार्यालय तोकियो
- Khabar abhiyan

धर्मदेबी नगरपालिकाको मुख्य बजार मुढे बजार व्यवस्थापन समितिमा सुर्य पौडेलको नेतृत्वमा नयाँ कार्यसमिति बनेको छ।
नयाँ कार्यसमिति आए लगत्तै मुढे बजारमा रहेको सुर्य होटलमा नयाँ कार्यालयको बिहिवार उद्घाटन गरिएको छ।
बिहिबार एक तिहारको अवसरमा औपचारिक सुभकामना आदनप्रदान तथा चियापान कार्यक्रमका बिच कार्यलयको उद्घाटन गरिएको हो।
नगरप्रमुख उदयचन्द्र पौडेल ,उपप्रमुख तारा महत ( भट्टराई ) र प्रमुख प्रशासकीय अधिकृत प्रयाश भट्टराईले संयुक्त कार्यालयको उद्घाटन गर्नुभएको छ।
उक्त कार्यक्रममा बोल्दै नगरप्रमुख पौडेलले अब मुढे बजार व्यवस्थापन समितिले केही महत्त्वपूर्ण कामगर्ने गरि समिती बनेकाले स्थानीय सरकारले समेत उक्त समितिलाई साथ दिएर अगाडि बढ्ने बताउनु भएको छ।स्थानीय सरकारले केही राम्रा काम गर्दापनी सकारात्मक सल्लाह ,सुझाव दिनुको साटो सामाजिक संजालमा तुच्छ शब्द प्रयोग गरेको देख्दा त्यस्ता किसिमका गतिविधिले पालिका समृद्ध नहुने भन्दै सबै मिलेर अगाडि बढ्न सुझाउनुभएको छ।
कार्यक्रममा आफ्नो सुभकामना मन्तव्यका क्रममा मुढे बजार पालिकाको मुख्री बजार भएकाले यहाँको सरसफाइ ,व्यवस्थापनका कुरामा बजार व्यवस्थापन समितिको महत्त्वपूर्ण भुमिका हुने भएकाले सकारात्मक नतिजाको अपेक्षा गरिएको उपप्रमुख महतके बताउनु भएको छ।
प्रमुख प्रशासकीय अधिकृत भट्टराईले कार्यक्रममा बोल्दै चाडपर्वको समयमा पटेका पड्काउने साथै कानुनले वर्जित गरेका गतिविधि नगर्न, नगराउन सरोकारवाला निकाय सबै एक भएर लाग्न अनुरोध समेत लाग्न साथै जुनसुकै सकारात्मक गतिविधि गर्नका निम्ति सबै संघ,संस्था संग सहकार्य गरि अगाडि बढेमात्र सकारात्मक परिवर्तन गर्न सकिने बताउनु भएको छ।
बजार व्यवस्थापनका कुरामा मात्र नभई अन्य सामाजिक क्रियाकलापमा आफ्नो र समितिको भुमिका सक्रिय रुपमा रहने र आफ्नो कार्यकालमा सबपक्ष संग सल्लाह ,समन्वय गरि केही नविनतम काम गरेर देखाउने नवनिर्वाचित बजार व्यवस्थापन समिती अध्यक्ष सुर्य पौडेलले प्रतिबद्धता जनाउनु भएको छ।
उक्त कार्यक्रममा नगप्रमुख,उपप्रमुख,प्रमुख प्र.अ,वडा न.३ का वडाअध्यक्ष ,वडासदस्य ,वडासचिब ,पुर्व प्रदेसभासदस्य ,टोल बिकास संस्थाका अध्यक्ष ,सरकारी तथा गैरसरकारी विभिन्न संघ,संस्थाका प्रतिनिधि साथै मुढे बजारबासिको बाक्लो उपस्थिति रहेको थियो।

स्थानीय तहको कानून निर्माण प्रक्रिया
कमलमणि थापा लेखसारः नेपालको संविधानको धारा 226 को उपधारा (2) मा स्थानीय तहको कानून निर्माण सम्बन्धी प्रक्रिया सम्बन्धित प्रदेशले बनाएको कानून बमोजिम

पत्रकार महासंघको अगुवाईमा संखुवासभामा सरसफाई अभियान सुरु
वातावरणीय स्वच्छता कायम राखौ, स्वस्थ जिवन बाँचौं, हाम्रो फोहोर हाम्रै जिम्मेवारी भन्ने नाराका साथ नेपाल पत्रकार महासंघ संखुवासभाको आयोजनामा
.jpeg)
उर्जामन्त्री खड्काद्धारा क्षतिग्रस्त अपर तामाकोशी जलविद्युत आयोजनाको निरीक्षण
उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले बाढीपहिरोले क्षति पु¥याएको दोलखाको अपर तामाकोशी जलविद्युत आयोजनाको स्थलगत निरीक्षण गर्नुभएको छ





प्रतिकृया दिनुहोस