ताजा खबर

धर्मदेवी सामुदायिक पुस्तकालयको नवनिर्मित भवन निर्माण सम्पन्न, औपचारिक हस्तान्तरण 

  • Khabar abhiyan
SITENAME

धर्मदेवी नगरपालिका–३ मुढे शनिश्चरेमा निर्माण गरिएको धर्मदेवी सामुदायिक पुस्तकालयको नवनिर्मित भवन निर्माण कम्पनीले औपचारिक रूपमा पुस्तकालयलाई हस्तान्तरण गरेको छ। No description available.शनिबार आयोजित एक विशेष समारोहबीच निर्माण कम्पनी ड्रिम वे कन्स्ट्रक्सन प्रा.लि. ले पुस्तकालय व्यवस्थापन समितिलाई भवनको जिम्मेवारी हस्तान्तरण गरेको हो। No description available.उक्त भवन शान्ति भोलेन्टियर एसोसिएसन र रिड नेपाल को साझेदारीमा सञ्चालित परियोजनाबाट रू. १ करोड ७० लाख र धर्मदेवी नगरपालिकाको तर्फबाट रू. ५० लाख गरी कूल बजेटमा निर्माण गरिएको थियो। निर्माण कम्पनीका अनुसार भवन निर्माण कार्य कुल रू. २ करोड १९ लाख ४६ हजार ४ सय ८७ रुपैयाँ १४ पैसामा सम्पन्न गरिएको हो।No description available. हस्तान्तरण कार्यक्रममा शान्ति भोलेन्टियर एसोसिएसन का कन्ट्री डाइरेक्टर हिरोको हागिहारा, धर्मदेवी नगरपालिकाका नगरप्रमुख उदयचन्द्र पौडेल, वडा नं. ३ का अध्यक्ष श्यामबहादुर पौडेल, रिड नेपालका प्रतिनिधि, पुस्तकालय व्यवस्थापन समितिका पदाधिकारीहरू तथा स्थानीयवासीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। No description available.यस नवनिर्मित पुस्तकालय भवनले बालबालिका, युवायुवती, विद्यार्थी,जेष्ठ नागरिक शिक्षक तथा स्थानीय बासिन्दाहरूका लागि अध्ययन र सिकाइको उत्कृष्ट केन्द्रका रूपमा योगदान पुर्‍याउने विश्वास लिइएको छ।

प्रतिकृया दिनुहोस
SITENAME

जापानीहरूलाई नेपालमा लगानी गर्न राष्ट्रपति पौडेलको आग्रह

राष्ट्रपति रामचन्द्र पौडेलसँग जापानका सांसद एवम् प्रतिनिधिसभा न्यायिक मामिला समितिका सभापति ताकेवे अराता नेतृत्वमा आएको प्रतिनिधिमण्डलले

SITENAME

पाँचौ अन्तराष्ट्रिय सांस्कृतिक चलचित्र महोत्सव काठमाडौंमा आयोजना हुने

काठमाडौं : पाँचौ अन्तराष्ट्रिय सांस्कृतिक चलचित्र महोत्सव काठमाडौंमा आयोजना हुने भएको छ । चैत्र १६ देखि १८ गते अर्थात मार्च २९ देखि ३१ सम्म चलचित्र

SITENAME

संखुवासभामा मानव अधिकार उलङ्घनका घटना वृद्धि

भविन कार्की, संखुवासभा पुष ८ संखुवासभामा मानवअधिकार उलङ्घनका घटना वृद्धि भएको पाइएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) संखुवासभाले नेपाल