ताजा खबर

संखुवासभाको मकालुमा अस्थायी प्रहरी पोष्ट स्थापना

  • Khabar abhiyan
SITENAME

जनताको माग र सरोकारबालाको पहलमा स्थानीय स्तरमा शान्ति सुरक्षा कायम गरी अपराध न्यूनीकरण गर्न
संखुवासभा जिल्ला मकालु गाँउपालिका-४ स्थित कारमाराङमा मिति २०८१।०४।१२ गते प्रमुख जिल्ला अधिकारी
ध्रुव बहादुर खड्काको प्रमुख आतिथ्यतामा अस्थायी प्रहरी पोष्ट स्थापना गरिएको छ।

 


मकालु गाँउपालिका बडा नम्बर -४ का वडा अध्यक्ष बाल कुमार तामाङको अध्यक्षतामा सम्पन्न भएको
अस्थायी प्रहरी पोष्ट स्थापना कार्यक्रममा मकालु गाँउपालिका उपाध्यक्ष मनकला राई, जिल्ला प्रहरी कार्यालय
संखुवासभाका प्रमुख प्रहरी नायव उपरीक्षक घनश्याम श्रेष्ठ, सशस्त्र प्रहरी बल नेपाल नं. ४ गुल्म अरुण संखुवासभाका
सशस्त्र प्रहरी नायव उपरीक्षक अमर लामा, अरुण तेस्रो जलविद्युत आयोजना सुरक्षा बेश फाक्सिन्दा दोभानका सशस्त्र
प्रहरी नायव उपरीक्षक दिपक गुरुङ, इलाका प्रहरी कार्यालय हेदाङ्ना संखुवासभाबाट प्रहरी निरीक्षक सागर श्रेष्ठ
लगायत स्थानीय राजनीतिक दलका प्रतिनिधि, स्थानीयवासिहरु समेतको उपस्थिति रहेको थियो।

 


जिल्ला प्रहरी कार्यालय संखुवासभाबाट अ. २४ घण्टा र इलाका प्रहरी कार्यालय हेदांना संखुवासभाबाट अ.
६ घण्टाको पैदल दुरीमा रहेको उक्त स्थानमा तत्काल प्रहरी हवल्दार यामेश्वर धिमालको नेतृत्वमा ५ जनाको टोली
खटाईएको छ।

प्रतिकृया दिनुहोस
SITENAME

अद्यावधिक नभएको कम्पनीमार्फत शेयर बिक्री, रकम सङ्कलन गर्ने पिंकीविरुद्ध उजुरी

रसुवाको अपर मैलुङ जलविद्युत आयोजना निर्माणकै क्रममा शेयर बिक्रीमा गोलमाल भएको तथ्य बाहिर आएको छ। इनर्जी इन्जिनियरिङ कम्पनीले ६.४२ मेगावाट क्षमताको

SITENAME

देशभरका सुनचाँदी व्यवसायी आन्दोलनमा, संखुवासभाको धर्मदेबिमा पनि व्यवसाय बन्द

संखुवासभा, असार १३ — नेपाल सरकारले सुन र बहुमूल्य रत्नमा लगाएको करको विरोधमा देशभरका सुनचाँदी व्यवसायीहरू आन्दोलनमा उत्रिएका छन्।   संखुवासभा

SITENAME

संखुवासभा अब पूर्ण विद्युतीयकरणको यात्रामा, जिल्लावासीले दिए धन्यवाद

संखुवासभा, १२ जेठ/     संखुवासभा जिल्लाका दुर्गम गाउँहरू पनि अब पूर्ण विद्युतीयकरणको यात्रामा गएको छ । ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री दीपक