ताजा खबर

रात्रिबस पल्टिँदा ज्यान गुमाउनेको सङ्ख्या ५ पुग्यो, ३ जना एकै परिवारका

  • Khabar abhiyan
SITENAME

डँडेलधुरामा रात्रिबस पल्टिँदा ज्यान गुमाउनेको सङ्ख्या पाँच जना पुगेको छ । घटनास्थलमा आज बिहान थप एक महिलाको शव भेटिएको हाे ।

योसहित ज्यान गुमाउनेको सङ्ख्या पाँच पुगेको जिल्ला प्रहरी कार्यालय डँडेलधुराले जनाएको छ ।

 

जिल्ला प्रहरी कार्यालय डँडेलधुराका प्रहरी निरीक्षक एवम् सूचना अधिकारी उपेन्द्रबहादुर बमका अनुसार बैतडीको पुर्चाैडी नगरपालिका–१० की गोवणी महराको शव बिहान घटनास्थलबाट निकालिएको छ ।

 

कञ्चनपुरको महेन्द्रनगरबाट बैतडीको पुर्चौडीका लागि छुटेको ना ८ ख १०७८ नम्बरको बस गएराति डँडेलधुराको अमरगढी नगरपालिका–७ खस्रेखानमा दुर्घटना भएको हो ।

दुर्घटनालगत्तै पुर्चाैडी–३ का ४५ वर्षीय जैमती बोहरा, एक नाबालक, २२ वर्षीय सहदेव बोहरा र २१ वर्षीया कमला बोहराको शव भेटिएको थियो ।

 

नाबालक, सहदेव र कमला एकै परिवारका रहेका प्रहरी निरीक्षक बमले उज्यालोलाई जानकारी दिनुभयो ।

 

 

बसमा १७ जना रहेकामा चालक बैतडीको पुर्चौडी–८ का २४ वर्षीय वीरेन्द्र बोहरासहित १२ जना घाइते भएका छन् ।

उनीहरू सबैको धनगढीमा उपचार भइरहेको छ । चालक निदाएकाले दुर्घटना भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । source _Ujyalo online

प्रतिकृया दिनुहोस
SITENAME

इटहरिमा दुर्घटनामा परि धर्मदेबिका दम्पतिको मृत्यु

सुनसरीको इटहरीमा दुर्घटनामा परि धर्मदेबीका गुरुङ दम्पतीको ज्यान गएको छ।    दुर्घटनामा परि मृत्यु हुनेमा धर्मदेबी नगरपालिका -३ ओख्रे निवासी ३२

SITENAME

भारी वर्षापछि आएको बाढी, पहिरो र डुबानबाट अहिलेसम्म देशभर १ सय १२ जनाको मृत्यु भएको छ। 

भारी वर्षापछि आएको बाढी, पहिरो र डुबानबाट अहिलेसम्म देशभर १ सय १२ जनाको मृत्यु भएको छ।    विपदमा परी हालसम्म ६८ जना बेपत्ता भएका छन् भने एक सय जना

गोरखाको लापुबेंसीबाट काठमाण्डाैका लागि छुटेको बस सम्पर्कविहीन

गोरखाको लापुबेंसीबाट काठमाण्डाैका लागि छुटेको बस सम्पर्कविहीन भएको छ । लापुबेँसीबाट अस्ति शुक्रवार बिहान छुटेको दरौदी यतायात प्रालीको ना ४ ख २२७०