अरुण नदीमा वेपत्ता भएकाको खोजी कार्य तेस्रो दिन पनि जारी
- Khabar abhiyan

अरुण नदीमा वेपत्ता भएकाको खोजी कार्य तेस्रो दिन पनि जारी राखिएको छ । पाँच दिन अघि अक्करको भिरबाट जीप खस्दा ६ जना वेपत्ता भएका थिए् । उनीहरुको विपद उद्धार गण काठमान्डौबाट आएको ४ जना गोताखोरको टोलीले बिहिबारदेखि खोजी गरिरहेको छ । बिहिबार र शुक्रबार दिनभर खोजी गरिए पनि हालसम्म पत्ता लागेको छैन ।
चिसो पानी र घटना स्थलमा पानीको बहाब धेरै र गहिरो भएकाले खोजी कार्यमा कठिनाई भएको खोजीमा संलग्नहरु बताउँछन् । दुई दिनको खोजी कार्य पनि असफल भएपछी आवश्यक उपकरण प्रयोग गरि शनिबार पनि पुन खोजी कार्य सुरु गरिएको प्रहरीले जनाएको छ ।
जिप दुर्घटनामा बेपत्ता हुनेहरुमा खाँदवारी ९ ढुङगे विसौनाका एकै परिवारका ३ जना २४ वर्षिय संगम श्रेष्ठ, उनकी श्रीमती २२ वर्षिय सदीक्षा, छोरा २ महिनाका समिर र खाँदवारी ९ ग्रैरिगाउँका प्रमिस थापामगर, उनका भेनाजु खोटाङ घर भएका खवरमान मगर र जीपका चालक खाँदवारी ९ कै वर्ष २६ का सन्तोस विश्वकर्मा रहेका छन् ।
प्रमेस र समिरको खाँदवारी अस्पतालमा उपचार हुन नसकेपछि धरान जाने क्रममा मंगलबार राती अक्करको भीरबाट जीप अरुण नदीमा खसेको थियो ।
Nagarik chaso.com





प्रतिकृया दिनुहोस