ताजा खबर

संखुवासभामा मानव अधिकार उलङ्घनका घटना वृद्धि

  • Khabar abhiyan
SITENAME

भविन कार्की, संखुवासभा पुष ८ संखुवासभामा मानवअधिकार उलङ्घनका घटना वृद्धि भएको पाइएको छ ।

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) संखुवासभाले नेपाल मानव अधिकार वर्ष पुस्तक २०२४ वार्षिक पूर्व समीक्षा कार्यक्रममा सो प्रतिवेदन सार्वजनिक गरेको हो ।

 

इन्सेकले सार्वजनिक गरेको प्रतिवेदन अनुसार जिल्लामा एक वर्षको अवधिमा ५० वटा मानवअधिकार उलङ्घनका घटना भएको उल्लेख गरेको छ । गत साउन २४ गते जिल्ला कारागार खाँदबारी भित्रै प्रहरीको कुटपिटबाट दुई कैदी हत्या हुनु गम्भीर मानवअधिकार उल्लघंनका घटना भएको इन्सेकको ठहर छ ।

 

आज सदरमुकाम खाँदबारीमा बार्षिक प्रतिवेदन सार्वजनिक गर्दै ५० वटा घटनामा ५१ जना पीडित भएको इन्सेक संखुवासभा प्रतिनिधि भविन कार्कीले जानकारी दिए । अघिल्ला वर्षहरुमा झै संखुवासभामा हत्या, बलात्कार र कुटपिट जस्ता घटनाले निरन्तरता पाएको अवस्था देखिन्छ ।

 

संखुवासभामा ११ बालिका सहित १६ जना बलात्कृत, घरेलु हिंसाका २४, हत्या ५ वटा , कुटपिट गैर राज्य पक्ष ३ जना, राज्य पक्ष १ जना पीडित भएको उल्लेख गरिएको छ । गत बर्ष ४६ वटा मानवअधिकार उलङ्घनका घटना भएका थिए । पछिल्लो समय महिला तथा बालबालिकाको अधिकार हननका घटना बढ्दै गएको भन्दै इन्सेकले चिन्ता व्यक्त गरेको छ । कार्यक्रममा बोल्दै जिल्ला समन्वय समितीका प्रमुख सुमन शाक्यले राज्यको कठोर कानुन हुदाँ पनि हत्या, बलात्कार जस्ता मानव अधिकार उलङ्घनका घटना कमी नदेखिएको बताए ।

 

छिमेकी चिनजान र नजिका आफन्तबाट यस्ता घटना हुनु दुखद भएको जिल्ला समन्वय समितीका प्रमुख शाक्यले बताए । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी शिव कुमार कार्कीले कानूनको पूर्णरुपमा कार्यान्वयन हुन नसक्दा समस्या देखिएको बताए । मानव अधिकार उलङ्घनका घटनामा कमी ल्याउन गम्भीर भएर सबै पक्ष लाग्नु पर्ने प्रजिअ कार्कीले बताए ।

 

स्थानीय तहको न्यायीक समितीमा छलफल तथा उजुरी हुनु पर्ने भएपनि पीडितहरु उजुरीका लागि प्रहरी कार्यालयनै आउने गरेको जिल्ला प्रहरी कार्यालय संखुवासभका प्रहरी नायव उपरीक्षक घनश्याम श्रेष्ठले बताएका छन् । जिल्ला प्रहरी कार्यालयले सम्बन्धित निकायमै छलफल गराउन सार्वजनिक स्थलमा सूचनाबोर्ड राख्ने गरेको डिएसपी श्रेष्ठले बताए ।

 

समीक्षा कार्यक्रममा नेपाल पत्रकार महासंघ संखुवासभाका अध्यक्ष इन्द्र गिरीले इन्सेकले सरोकारवाला निकायको सुझावलाई समेटेर लैजानु पर्ने बताए । प्रहरी प्रशासन,स्थानीय तह सँग सहकार्य गरेर थप प्रभावकारी कार्यक्रम बनाउन समेत सरोकारवालाहरुले सुझाव दिएका थिए ।

प्रतिकृया दिनुहोस
SITENAME

आज यस्तो रहनेछ देशभरको मौसम

देशभर मौसम आंशिकदेखि साधारणतया बदली छ।   मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा वर्षाको

SITENAME

कोशी प्रदेशमा १० वर्षपछि दलित लेख्ने अवस्थाको अन्त्य हुन्छ ( मुख्यमन्त्री कार्की)

मोरङ — मुख्यमन्त्री केदार कार्कीले कोशीप्रदेशमा १० वर्षपछि दलित लेख्ने अवस्थाअन्त्यहुने बताएका छन् ।   रिडेफ नेपालले बिहीबार आयोजना गरेको

SITENAME

कोशीप्रदेशमा १० वर्षपछि दलित लेख्ने अवस्थाको अन्त्य हुन्छ ( मुख्यमन्त्री कार्की)

मोरङ — मुख्यमन्त्री केदार कार्कीले कोशीप्रदेशमा १० वर्षपछि दलित लेख्ने अवस्थाअन्त्यहुने बताएका छन् ।   रिडेफ नेपालले बिहीबार आयोजना गरेको