आज यस्तो रहनेछ देशभरको मौसम
- Khabar abhiyan

देशभर मौसम आंशिकदेखि साधारणतया बदली छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा वर्षाको सम्भावना रहेको छ।
जल तथा मौसम विज्ञान विभाग अन्तरगतको मौसम पूर्वानुमान महाशाखाका अनुसार बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
मधेस प्रदेशलगायत कोशी र लुम्बिनी प्रदेशको तराई क्षेत्रमा हुरीबतासको पनि सम्भावना छ।
महाशाखाका मौसमविद् रोजन लामिछानेले राति कोशी, मधेश र बागमती प्रदेशमा साधारणतया बदलीदेखि पूर्णतया बदली रहने जानकारी दिए।
बाँकी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रहने उनले बताए।
यस्तै कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा वर्षाको सम्भावना छ।
यी पाँच प्रदेशका धेरै स्थानमा तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।
मौसमविद लामिछानेका अनुसार सोमबार पनि देशभर आंशिकदेखि साधारणतया बदली रहने छ ।
सोमबार बिहानदेखि दिउँसोसम्म हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ भने साँझदेखि वर्षा कम भएर जाने सम्भावना छ। source -thaha khabar

संखुवासभामा मानव अधिकार उलङ्घनका घटना वृद्धि
भविन कार्की, संखुवासभा पुष ८ संखुवासभामा मानवअधिकार उलङ्घनका घटना वृद्धि भएको पाइएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) संखुवासभाले नेपाल

कोशी प्रदेशमा १० वर्षपछि दलित लेख्ने अवस्थाको अन्त्य हुन्छ ( मुख्यमन्त्री कार्की)
मोरङ — मुख्यमन्त्री केदार कार्कीले कोशीप्रदेशमा १० वर्षपछि दलित लेख्ने अवस्थाअन्त्यहुने बताएका छन् । रिडेफ नेपालले बिहीबार आयोजना गरेको

कोशीप्रदेशमा १० वर्षपछि दलित लेख्ने अवस्थाको अन्त्य हुन्छ ( मुख्यमन्त्री कार्की)
मोरङ — मुख्यमन्त्री केदार कार्कीले कोशीप्रदेशमा १० वर्षपछि दलित लेख्ने अवस्थाअन्त्यहुने बताएका छन् । रिडेफ नेपालले बिहीबार आयोजना गरेको





प्रतिकृया दिनुहोस