ताजा खबर

धर्मदेबी नगरस्तरीय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता आजदेखी सुरु

  • Khabar abhiyan
SITENAME

धर्मदेबी नगरपालिकाको आयोजना तथा सिंहेश्वरी माध्यमिक बिधालयको सहआयोजनामा पाँचौ राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिताको सुरु भएको छ।

 

सिंहेश्वरी माध्यमिक बिधालयको खेलमैदानमा संचालन भएको उक्त प्रतियोगिताको उद्घाटन कोशी प्रदेससभा सदस्य बिदुर कुमार लिंङ्थेपले गरेका छन् ।

 

प्रतियोगिताको उद्घाटन समारोहलाई सम्बोधन गर्दै लिंङ्थेपले राष्ट्रिय खेलाडी उत्पादन हुने बाटोनै रास्ट्रपति रनिङ्ग शिल्ड रहेको बताए ।

 

एस्ता किसिमका महत्त्वपूर्ण कार्यक्रममा विभिन्न कुराको सिकाई हुने भएकाले आगामी दिनमा सहभागी बिद्यार्थी मात्र नभएर अन्य बिद्यार्थीलाई पनि कार्यक्रममा सहभागी गराउन उपस्थित सम्पुर्ण बिधालयका प्र.अ लाई अनुरोध समेत गरेका छन् ।

 

कार्यक्रममा पुर्व प्रदेशसभा सदस्य पदम कुमारी गुरुङ्ग,नगरप्रमुख उदयचन्द्र पौडेल ,उपप्रमुख तारा महत भट्टराई ,प्रमुख प्रशासकीय अधिकृत चुडामणिा गुरागाँई लगायत अन्य अतिथिहरुको आतिथ्यता रहेको थियो।

 

कार्यक्रममा सहआयोजक बिधालयका खेल शिक्षक गंगाराम पौडेलले प्रतियोगितामा नगरपालिका भित्रका माध्यमिक स्तरका बिद्यार्थीले भाग लिने बताएका छन् ।

 

उक्त प्रतियोगितामा भलिबल,कबड्डी ,दौड,हाईजम्प,त्रिपलजम्प ,लङजम्प लगायतका खेलहरु समाबेश गरिएको छ। प्रतियोगितामा धर्मदेबी नगरपालिका भित्रका आठ ओटा बिधालयका करिब एक सय चौरासी बिद्यार्थीले भाग लिनेछन् ।

 

प्रतियोगितामा बिजेता बिधालयले जिल्लास्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगितामा भाग लिन पाउनेछन् । प्रतियोगिता १९ गतेबाट संचालन भएर २१ गतेसम्म संचालन रहि समापन हुने आयोजकले जनाएको छ।

 

प्रतिकृया दिनुहोस
SITENAME

मादी नगरपालिकामा १ लाख धनराशीको राष्ट्रिय व्याडमिन्टन प्रतियोगिता हुने

पूर्वी हिमाली जिल्ला संखुवासभाको मादी नगरपालिकामा “पृथक पहिचान, मादी नगरपालिकाको शान” भन्ने मुल नाराका साथ “रु. १ लाख धनराशिको तेश्रो मादी

SITENAME

महालक्ष्मी नगर स्तरीय रास्ट्रपति रनिङ सिल्ड प्रतियोगिताको उपाधी चानुवा मा.बि ले जित्यो

महालक्ष्मी नगरपालिकाको नगर स्तरीय पाँचौ राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिताको उपाधी संचालन बिधालयलेनै राख्न सफल भएको छ। चानुवा मा वि दमारको खेल

SITENAME

धर्मदेबी नगरपालिकास्तरीय राष्ट्रपति रनिङ सिल्डको उपाधी शान्ती मा.बि ले जित्यो

धर्मदेबी नगरपालिकाको राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिताको उपाधी शान्ती मा.बि ले जितेको छ। ७ स्वर्ण,३ रजत र २ काश्य सहित १२ पदक प्राप्त गर्दै शान्ती