ताजा खबर

मादी नगरपालिकामा १ लाख धनराशीको राष्ट्रिय व्याडमिन्टन प्रतियोगिता हुने

  • Khabar abhiyan
SITENAME

पूर्वी हिमाली जिल्ला संखुवासभाको मादी नगरपालिकामा “पृथक पहिचान, मादी नगरपालिकाको शान” भन्ने मुल नाराका साथ “रु. १ लाख धनराशिको तेश्रो मादी राष्ट्रिय खुल्ला व्याडमिन्टन प्रतियोगिता २०८०” आयोजना हुने भएको छ।

 

प्रतियोगिता आगामी चैत्र ९ देखि चैत्र ११ गतेसम्म मादी नगरको कवर्डहलमा हुने भएको छ। प्रतियोगितामा व्याडमिन्टनका चार Event समावेश गरेर NBA र BWF को नियमानुसार खेलाईने छ।                 


मादी नगरपालिकालाई भौतिक पुर्वाधार विकाससँगै खेलकुद र खेल पर्यटनलाई पनि सँगसँगै जोड्नको लागि मादी नगरपालिकाको गरिमामय १३ औं नगरसभाले आ.व. २०८०_०८१ को विनियोजन ऐनमा रु. १० लाख वजेट विनियोजन गरि यो प्रतियोगिताको तेश्रो संस्करण आयोजना गर्न लागिएको नगर प्रमुख जिवन लिङथेपले बताउनु भयो।


त्यसैगरि, अन्य क्षेत्रमा जस्तै खेलकुद क्षेत्र पनि उत्तिकै समावेशी र लैंगिकमैत्री हुनु पर्छ भन्ने मादी नगरको विश्वास र मान्यता अनुरुप यो संस्करणमा पनि Women’s Double विधालाई निरन्तरता दिँदै Mixed Double विधा समेत थप गरिएको जानकारी नगर उपप्रमुख सुनितादेवी दाहाल भट्टराईले बताउनु भयो।


खेल संयोजक लक्ष्मण लिङथेपले मादी नगरलाई राष्टिय/अन्तर्राष्ट्रिय स्तरका खेलाडी तथा खेल पदाधिकारीसँग मादी नगरलाई जोड्नको निम्ति यो प्रतियोगिता आयोजना गरिएको साथै सम्पूर्ण व्याडमिन्टन खेलप्रेमी महानुभावहरुलाई मादी नगरमा निमन्त्रणा गर्नु भएको छ।

 

सबै भन्दा वढी Men’s Double Event मा प्रथम पुरस्कार रु. १ लाख भएको र सवै चार वटै Event मा प्रथम, द्वितीय र तृतीय स्थान समेत गरि रु. ५ लाख ४५ हजार पुरस्कार राशि भएको र मुख्यत: टाढा टाढाबाट आउने खेलाडीको सहजताको लागि प्रतिदिन प्रति खेलाडी रु. ८०० को दरले भत्ता समेत प्रवन्ध गरिएको जानकारी दिनु बयो।

 


प्रतियोगिता सभ्य र भव्य रुपमा सम्पन्न गरि प्रतियोगितालाई कोशी प्रदेश कै उत्कृष्ट प्रतियोगिता मध्ये एक बनाउन, कुनै कसर बाँकी नराखी हातमा हात साथमा साथ राखेर रचनात्मक सहतोगको लागि तमाम् खेलप्रेमी महानुभावमा प्रमुख प्रशासकीय अधिकृत जितमान जिमीले आव्हान गर्नु भयो ।       प्रतियोगिताको थप जानकारीको लागि यो सुचना हेर्नुहोस्

प्रतिकृया दिनुहोस
SITENAME

महालक्ष्मी नगर स्तरीय रास्ट्रपति रनिङ सिल्ड प्रतियोगिताको उपाधी चानुवा मा.बि ले जित्यो

महालक्ष्मी नगरपालिकाको नगर स्तरीय पाँचौ राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिताको उपाधी संचालन बिधालयलेनै राख्न सफल भएको छ। चानुवा मा वि दमारको खेल

SITENAME

धर्मदेबी नगरपालिकास्तरीय राष्ट्रपति रनिङ सिल्डको उपाधी शान्ती मा.बि ले जित्यो

धर्मदेबी नगरपालिकाको राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिताको उपाधी शान्ती मा.बि ले जितेको छ। ७ स्वर्ण,३ रजत र २ काश्य सहित १२ पदक प्राप्त गर्दै शान्ती

SITENAME

धर्मदेबी नगरस्तरीय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता आजदेखी सुरु

धर्मदेबी नगरपालिकाको आयोजना तथा सिंहेश्वरी माध्यमिक बिधालयको सहआयोजनामा पाँचौ राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिताको सुरु भएको