ताजा खबर

महालक्ष्मीमा सहकारी संस्थाका कृषकलाई ४८ वटा हाते ट्याक्टर

  • Khabar abhiyan
SITENAME

 

हालक्ष्मी साना किसान कृषि सहकारी संस्थाका कृषकलाई ३१ लाख बराबरको ४८ वटा हाते ट्याक्टर वितरण गरिएको छ ।

महालक्ष्मी साना किसान कृषि सहकारी संस्था र आर्थिक विकास करिडोर पाख्रीबासकाे संयुक्त सहकार्यमा महालक्ष्मी नगरपालिकामा सञ्चालन भईरहेकाे बेसार उत्पादन तथा प्रसाेधन उपाए आयोजना अन्तरगत किसानलाई ३१ लाख ५ हजार ६ सय बराबरको ४८ वटा खेतबारी जाेत्न मिल्ने हाते ट्याक्टर वितरण गरेको हाे ।

 

शुक्रबार सहकारीले एक कार्यक्रमका बिच प्रदेश संसद ईन्द्रमणी पराजुलीकाे प्रमुख आतिथ्यमा किसानलाई हाते ट्याक्टर वितरण गरेका थिए । महालक्ष्मी नगरपालिकाकाे वडा नं ६,१,४,र ७,८,९ नम्बर वडामा बेसार उत्पादन तथा प्रसाेधन उपाए आयोजना आर्थिक विकास करिडोर पाख्रीबास संगकाे सहकार्यमा सहकारीले सञ्चालन गरिरहेकाे सहकारीका अध्यक्ष चेतनाथ बरालले जानकारी दिनुभयो ।

 

बेसार उत्पादन तथा प्रसाेधन उपाए आयोजना अन्तर गत यसअघि सहकारीका किसानलाई वेसार बीउ खरिद , प्रांगारिक मल खरिद ,गमबुट ,पन्जा ,क्षमता अभिवृद्धि तालिम ,उत्पादन प्रविधि तालिम ,हाेडिङ्ग बाेर्ड जडान ,सार्वजनिक सुनवाइ , सूचना प्रकाशन र प्लास्टिक पाेखरी निर्माण लगायतका कार्यक्रम सम्पन्न गरेको सहकारीले जनाएको छ ।

 

अब किटनाशक , ढुशीनासक ,सुक्ष्म तत्व ,कम्बाईन मिल, स्प्रेयर,त्रिपाल,डिजिटल काँटा, प्लास्टिक ड्रम,पाईप ,वेसार पिन्ने मेसिन ,प्राविधिक तथा परामर्श सेवा लगायत कार्यक्रम बाकी रहेको अध्यक्ष बरालले जानकारी दिनुभयो ।कार्यक्रममा प्रमुख अतिथि संसद पराजुली , विशेष अतिथि जिल्ला समन्वय समिति धनकुटाका प्रमुख निरेन तामाङ , महालक्ष्मी नगरका मेयर ध्रुवराज रायले मन्तव्य राख्नुभएको थियोे ।

 

कार्यक्रममा उपमेयर मन्जु कार्की अधिकारी , आर्थिक विकास करिडोरका कर्मचारी तथा प्रमुख , किसानकाे सहभागी थियो ।

प्रतिकृया दिनुहोस
SITENAME

धर्मदेवी नगरपालिकाको १४औं नगरसभामा ५२ करोड २ लाख १७ हजार ३५६ रुपैयाँको बजेट प्रस्तुत

धर्मदेवी, असार १० – धर्मदेवी नगरपालिकाको १४औं नगरसभामा आज आर्थिक वर्ष २०८२/०८३ का लागि ५२ करोड २ लाख १७ हजार ३५६ रुपैयाँको बजेट प्रस्तुत गरिएको छ।

SITENAME

रविलाई थप ७ दिन हिरासतमा राख्न अदालतको अनुमति

सहकारी ठगीको आरोपमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई थप ७ दिन हिरासतमा राख्न कास्की जिल्ला अदालतले अनुमति

SITENAME

४२ अाै विपि स्मृति दिवसमा धनकुटा काठमाण्डौ कांग्रेसको सुभकामना कार्यक्रम

४२ अाै विपि स्मृति दिवसकाे अवसरमा नेपाली कांग्रेस धनकुटा काठमाडौं सम्पर्क समितिले बधाई , शुभकामना तथा सम्मान कार्यक्रम सम्पन्न गरेकाे छ ।