उर्जामन्त्री खड्काद्धारा क्षतिग्रस्त अपर तामाकोशी जलविद्युत आयोजनाको निरीक्षण
- Khabar abhiyan
.jpeg)
उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले बाढीपहिरोले क्षति पु¥याएको दोलखाको अपर तामाकोशी जलविद्युत आयोजनाको स्थलगत निरीक्षण गर्नुभएको छ ।
मन्त्री खड्काले आज असोज ११ र १२ गतेको अविरल वर्षाका कारण आएको बाढीपहिरोले क्षति पुगेको दोलखास्थित ४५६ मेगावाट क्षमताको अपर तामाकोशी जलविद्युत आयोजनाको ड्याम साईड, पावर हाउस, सडक लगायतका भागमा भएको क्षतिको स्थलगत निरीक्षण गर्नुभएको हो ।
निरीक्षणका क्रममा मन्त्री खड्काले अपर तामाकोशी जलविद्युत आयोजनामा क्षति पुग्दा राज्यले जलविद्युत क्षेत्रमा दैनिक ठूलो घाटा व्यहोर्नुपरेको भन्दै यथाशक्य चाँडो यसलाई मर्मतसम्भार गरी सञ्चालनमा ल्याउनुपर्ने बताउनुभयो ।
उक्त जलविद्युत आयोजना बन्द हुँदा राज्यले असोज महिनामा मात्र करिब रु ८५ करोड ६ लाख ४७ हजार ९३० घाटा व्यहोर्नुपरेको बताइएको छ ।
मन्त्री खड्काले बाढी पहिरोले आयोजनामा निम्त्याएको आर्थिक नोक्सानीको प्रत्यक्ष असर राज्य र जनतामा परेको भन्दै पहिरोको कारण उत्पन्न अवरोध चाँडो हटाई आयोजना सञ्चालनमा ल्याउन कर्मचारीलाई निर्देशन समेत दिनुभयो।
“आयोजना बन्द हुँदा भोलिका दिन देखिनसक्ने उर्जा सङ्कटलाई ध्यान दिएर आयोजना निर्माणको काम द्रुत गतिमा गर्नुहोस्, मन्त्रालय आवश्यक सहयोग गर्न तयार छ,”– मन्त्री खड्काले भन्नुभयो ।
मन्त्री खड्काले उक्त आयोजनाको (हेडवक्स) बाँधस्थल, कन्टोल विल्डिङ, आयोजनासम्म जाने बाटोको अवस्था अवलोकन गर्नुभएको थियो ।
असोज ११ र १२ गतेको पहिरोमा परेर उक्त आयोजनामा मात्र चार जनाले ज्यान गुमाएका थिए ।
आयोजनाका प्रमुख कार्यकारी अधिकृत (सिईओ) मोहनप्रसाद गौतमले तीन हप्ताभित्र नै थोरै भएपनि विद्युत उत्पादन थाल्नेगरी काम गरिरेहको बताउनुभएको थियो ।
उहाँले हेडवक्स क्षेत्रमा थुप्रिएर बसेको ढुंगा, माटो र ग्रेगान हटाउने काम आयोजनाले गरिरहेको बताउनुभयो ।
यस्तै, दोलखादेखि लामाबगर सडकखण्डस्थित काभ्रेभीर आसपासमा ठूला ढुंगा खसेकाले बाटो अवरुद्ध हुँदा आयोजना क्षेत्रमा जानआउन समस्या परेको सिईओ गौतमको भनाई थियो ।
उर्जामन्त्री खड्कासँगै उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयका सचिव सुरेश आचार्य, नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, दोलखाका प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेललगायतले आयोजना क्षेत्रको निरीक्षण गर्नुभएको थियो ।

स्थानीय तहको कानून निर्माण प्रक्रिया
कमलमणि थापा लेखसारः नेपालको संविधानको धारा 226 को उपधारा (2) मा स्थानीय तहको कानून निर्माण सम्बन्धी प्रक्रिया सम्बन्धित प्रदेशले बनाएको कानून बमोजिम

पत्रकार महासंघको अगुवाईमा संखुवासभामा सरसफाई अभियान सुरु
वातावरणीय स्वच्छता कायम राखौ, स्वस्थ जिवन बाँचौं, हाम्रो फोहोर हाम्रै जिम्मेवारी भन्ने नाराका साथ नेपाल पत्रकार महासंघ संखुवासभाको आयोजनामा

मुढे बजार व्यवस्थापन समितीको नयाँ कार्यसमिति आए लगत्तै कार्यालय तोकियो
धर्मदेबी नगरपालिकाको मुख्य बजार मुढे बजार व्यवस्थापन समितिमा सुर्य पौडेलको नेतृत्वमा नयाँ कार्यसमिति बनेको छ। नयाँ कार्यसमिति आए लगत्तै मुढे





प्रतिकृया दिनुहोस