तिजमा हाजिरिजवाफ़ र नृत्य प्रगतियोगिता सम्पन्न

संखुवासभा । पाँचखपन नगरपालिका ७ बिहिबारे बजारमा हरितालिका तीजको अवसरमा हाजिरिजवाफ़ र नृत्य प्रतियोगिता सम्पन्न भएको छ ।
७ न वडा कार्यालयको मुख्य प्रायोजन र महिला संजालको आयोजनामा गरिएको कार्यक्रम पाँचखपन नगरपालिकाका उप-प्रमुख सुमना श्रेष्ठले उत्घाटन गर्नु भएको थियो ।
बर्षौ देखि घरको काम र मेलापातमा ब्यस्त रहेका बिबाहित महिलाहरुको मनोरन्जन र चौतार्फी बिकाश हुने र यस्ता कार्यका लागी नगरपालिकाले आवश्यक परेमा सहयोग गर्ने श्रेष्ठले बताईंन ।
महिला दीदी बहिनीहरुको जोश जाँगर र उत्साह देखेर प्रत्येक बर्ष हरितालिका तीजको अवसरमा बिभिन्न कार्यक्रम गर्ने महिला संजालका अध्यक्ष सकून बस्नेतले बताईंन ।
कार्यक्रममा १३ वटा समूह हाजिरिजवाफ़ प्रतियोगितामा र १० वटा समूह नृत्य प्रतियोगितामा सहभागी भएका थिए । हाजिर जवाफ प्रतियोगितामा प्रथम, द्धितीय, तृतीय र सान्त्वना क्रमशः बस्नेत गाउँ टोल विकास संस्था, सुशासन टोल विकास संस्था बिहिबारे, सिर्जनशील टोल विकास संस्था र चौरे कुमाले याम्फे टोलविकास संस्थाले हात पारेका थिए भने नृत्य प्रतियोगितामा प्रथम, द्धितीय, तृतीय र सान्त्वना क्रमशः बिनिशा बिक, सृजन खाती, सृजन राई र करू परियारले हात पारेको आजको कार्यक्रम संचालक राजेश बस्नेतले जानकारी दिए ।
उक्त कार्यक्रममा हाजिरिजवाफ़ प्रतियोगिता तर्फ प्रथम, द्धितीय, तृतीय र सान्त्वनाले क्रमशः नगद रु. ६ हजार, ४ हजार, ३ हजार,र १५ सय पाएका छन भने नृत्य तर्फ नगद रु. ३ हजार, २ हजार, १५ सय र १ हजार पुरस्कार पाएका छन ।
हरितालिका तीज बिशेष कार्यक्रममा पाँचखपन नगरपालिका प्रमुख प्रशासकीय अधिकृत गणेशमान सिंह राई, पाँचखपन नगरपालिका वार्ड नम्बर ७ वडा अध्यक्ष सन्तोष बस्नेत, कृषि सेवा शाखा प्रमुख भक्तबहादुर श्रेष्ठ र समाजसेवी बुद्धिजीवी मानबहादुर श्रेष्ठ लगायत उपस्थित थिए । कार्यक्रम बिहिबारे बजारको प्राङ्गणमा संपन्न भएको थियो ।

पाँचौ अन्तराष्ट्रिय सांस्कृतिक चलचित्र महोत्सव काठमाडौंमा आयोजना हुने
काठमाडौं : पाँचौ अन्तराष्ट्रिय सांस्कृतिक चलचित्र महोत्सव काठमाडौंमा आयोजना हुने भएको छ । चैत्र १६ देखि १८ गते अर्थात मार्च २९ देखि ३१ सम्म चलचित्र

प्रियङका कार्की र शिवहरी पौडेलको अभिनयमा ’हाई भन्यो मायाले’ सार्वजनिक
हिन्दु नारीहरुको महान चाड पर्व हरितालिका तीजको अवसरमा गायिका कल्पना देवकोटा पौडेलको स्वरमा रहेको मौलिक तीज गीत ’हाई भन्यो मायाले’ गीतको भिडियो

दोस्रो धर्मेमदेबी मेयर कपको उपाधी धनकुटा नगरपालिका लाई
संखुवासभाको धर्मदेबी नगरपालिकामा जारी दोस्रो मेयर कपको उपाधी धनकुटा नगरपालिका धनकुटाले हात पारेको छ । गत फागुन ५ गतेबाट धर्मदेबी नगर खेलकुद





प्रतिकृया दिनुहोस