ताजा खबर

संखुवासभाको धर्मदेबिमा ग्रासरुट फुटबल ट्रेनिङ सुरु

  • Khabar abhiyan

संखुवासभा / संखुवासभाको धर्मदेबी नगरपालिकामा युवा क्षमता बिकास कार्यक्रम अन्तर्गत ग्रासरुट फुटबल ट्रेनिङ बिहिबारबाट वडा न.७ मा सुरु भएको छ। May be an image of text that says 'युवा क्षमता विकास कार्यक्रम ग्रासरुट फुटबल ट्रेनिड उद्घाटन समारोह मिति: :२०७८ साल आशिविन १७ गते विहिबार प्रायोजक ២न वडा कार्यलय धर्मदेवी नगरपालिका, संसुवासभा आयोजक न्यू युवा क्लब धर्मदेवी नगरपालिका, संखुवासभा'धर्मदेबी -७ मा रहेको न्यु युवा क्लबले उक्त तालिमको आयोजना गरेको हो भने उक्त कार्यक्रमको लागि वडा न.७ ले क्लबलाई बजेट बिनियोजन गरिदिएको वडा सचिव रमेश अधिकारिले बताउनु भएको छ ।May be an image of 2 people and people standing बिहीवार बाट उद्घाटन भएको तालिम एक महिनासम्म बिहान ६ बजेदेखि ७-३० सम्म संचालन हुने व्यावस्थापक फणीन्द्र जिमिले बताउनु भएको छ। May be an image of ‎5 people, people standing, outdoors and ‎text that says '‎ALLHXER وو न्यू युवा क्लब धर्मदेवी ONON#‎'‎‎यस तालिमले स्थानीय क्षेत्रमा लुकेर रहेका प्रतिभाहरुलाई बाहिर निस्कनको लागि अभिप्रेरणा मिल्ने भएकाले वडा सरकारले बजेट विनियोजन गरेर तालिम संचालन गर्नका लागि क्लबलाई जिम्मेवारी दिईएको वडा अध्यक्ष नवीन जिमिले बताउनु भएको छ।May be an image of 3 people, people standing and outdoors विभिन्न ठाउँमा फुटबल प्रतियोगिता हुने र ती प्रतियोगितामा भाग लिन,बिजेता हुन अनि ब्यावसायिक खेलाडी उत्पादनका लागि यस तालिमको महत्त्वपूर्ण भुमिका रहने अध्यक्ष जिमिको भनाइ रहेको छ।

 

 

 

"स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद" भन्ने नारा संगै मुलुकभरी खेलकुदका विभिन्न गतिविधि संचालन भईरहदा एस्ता किसिमका तालिम आयोजना गरेकोमा वडा सरकारलाई पुर्व नगरप्रमुख रमेश कुमार जिमिले धन्यवाद दिनुभएको छ। May be an image of 4 peopleएस्ता किसिमका तालिमहरु बिरलै मात्रामा संचालन हुने हुँदा यो तामिल महत्त्वपूर्ण रहेको रमेश जिमिले बताउनु भएको छ।

 

 

फुटबलको ग्रासरुट भनेको बिधालयको नर्शरी जस्तै आधारभुत कुरा सिकाईने तालिम रहेको प्रशिक्षक उमेश जिमिले बताउनु भएको छ। May be an image of 3 people, people standing and textसम्पुर्ण स्थानीयबासिले फुटबलमा इच्छा भएका आफ्ना नानी,बाबू हरुलाई तालिममा पठाएर सहयोग गर्न प्रशिक्षकले अनुरोध समेत गर्नुभएको छ । May be an image of 15 people, people standing and outdoorsतालिम पश्चात् तत्काल नतिजा नदेखिने भएको हुँदा कम्तीमा ८ देखि १० बर्षमा तालिमको उपलब्धि, नतिजा देखिने प्रशिक्षकको भनाई रहेको छ। तालिममा ६ बर्षदेखि १४ बर्ष उमेर भित्रका वडा न.७ का बालबालिकाले सहभागीता जनाउन सक्ने क्लबले जनाएको छ।May be an image of 10 people, people sitting and outdoors

प्रतिकृया दिनुहोस
SITENAME

पाँचौ अन्तराष्ट्रिय सांस्कृतिक चलचित्र महोत्सव काठमाडौंमा आयोजना हुने

काठमाडौं : पाँचौ अन्तराष्ट्रिय सांस्कृतिक चलचित्र महोत्सव काठमाडौंमा आयोजना हुने भएको छ । चैत्र १६ देखि १८ गते अर्थात मार्च २९ देखि ३१ सम्म चलचित्र

SITENAME

प्रियङका कार्की र शिवहरी पौडेलको अभिनयमा ’हाई भन्यो मायाले’ सार्वजनिक

हिन्दु नारीहरुको महान चाड पर्व हरितालिका तीजको अवसरमा गायिका कल्पना देवकोटा पौडेलको स्वरमा रहेको मौलिक तीज गीत ’हाई भन्यो मायाले’ गीतको भिडियो

SITENAME

दोस्रो धर्मेमदेबी मेयर कपको उपाधी धनकुटा नगरपालिका लाई

संखुवासभाको धर्मदेबी नगरपालिकामा जारी दोस्रो मेयर कपको उपाधी धनकुटा नगरपालिका धनकुटाले हात पारेको छ   । गत फागुन ५ गतेबाट धर्मदेबी नगर खेलकुद