पुर्व मन्त्री खड्काले गरे धर्मदेबिमा तेस्रो टुवोर्ग माघेनी गोल्डकपको उद्घाटन
- Khabar abhiyan

धर्मदेबी , माघ-३/ संखुवासभा जिल्लाको धर्मदेबी नगरपालिका वडा न.८ को बिरमैदानमा वडा खेलकुद बिकास समिती को आयोजना तथा नगर खेलकुद बिकास समितिको सहआयोजनामा तेस्रो टुवोर्ग माघेनी गोल्डकपको विधिगत उद्घाटन भएको छ।
संखुवासभा जिल्ला प्रतिनिधिसभा सदस्य तथा पुर्व राज्यमन्त्री दिपक खड्काले पानसमा बत्ती बालेर साथै मुख्य रेफ्रीलाई फुटबल हस्तान्तरण गरेर आयोजनाको उद्घाटन गरेका हुन् । उक्त उद्घाटन कार्यक्रममा बोल्दै सांसद खड्काले खेल क्षेत्र संगै अन्य बिकासलाई समेत अगाडि बढाउदै लानुपर्ने मुख्य जिम्मेवारी स्थानीय सरकारको समेत रहेको बताएका छन् ।
संघबाट आएका बजेट कार्यनयन गर्न धर्मदेबिले आलटाल गरेको आरोप समेत खड्काले लगाएका छन् ।
कार्यक्रममा सांसद खड्का संगै पाँचखपन नगरपालिका प्रमुख बिपिन राई,धर्मदेबी उपप्रमुख तारा महत भट्टराई ,धर्मदेबी नगरपालिकाका वडा अध्यक्षहरु ,कार्यपालिका सदस्य साथै विभिन्न राजनैतिक दल प्रतिनिधि ,स्थानीय जनप्रतिनिधि संगै विभिन्न संघ संस्था प्रतिनिधि हरुको आतिथ्यता रहेको थियो।
तिन गतेदेखी सुरु भएको आयोजनामा कोशी प्रदेशबाट आठ ओटा पालिकाको सहभागीता रहने आयोजकले जनाएको छ। प्रतियोगितामा बिजेता समुहले नगद रु एक लाख पच्चिस हजार र उपबिजेता टिमले रु पचहत्तर हजार संगै दुबै समूहले ट्रफी ,मेडल प्राप्त गर्नेछन् ।
साथै व्याक्तिगत बिधातर्फ उत्कृष्ट गोलरक्षक ,उत्कृष्ट खेलाडी,सर्वाधिक गोलकर्ता,उत्कृष्ट टिम प्रशिक्षक हरुलाइ जनही रु पाँच हजार प्रदान गरिने वडा खेलकुद बिकास समितिले जनाएको छ। प्रतियोगिता संचालन भरी खेलाडीहरुलाई खान तथा बस्नको व्यवस्था समेत आयोजकले गरेको छ।
आज भएको मादी नगरपालिका र इनरुवा नगरपालिका बिच उद्घाटन खेलमा एक गोलका बिरुद्ध तीन गोल गर्दै मादी नगरपालिकाले आफ्नो समुहलाई अगाडि बढाएको छ। प्रतियोगिताको फाईनल खेल छ गते भएर आयोजना समापन हुने आयोजकले जनाएको छ।

मादी नगरपालिकामा १ लाख धनराशीको राष्ट्रिय व्याडमिन्टन प्रतियोगिता हुने
पूर्वी हिमाली जिल्ला संखुवासभाको मादी नगरपालिकामा “पृथक पहिचान, मादी नगरपालिकाको शान” भन्ने मुल नाराका साथ “रु. १ लाख धनराशिको तेश्रो मादी

महालक्ष्मी नगर स्तरीय रास्ट्रपति रनिङ सिल्ड प्रतियोगिताको उपाधी चानुवा मा.बि ले जित्यो
महालक्ष्मी नगरपालिकाको नगर स्तरीय पाँचौ राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिताको उपाधी संचालन बिधालयलेनै राख्न सफल भएको छ। चानुवा मा वि दमारको खेल

धर्मदेबी नगरपालिकास्तरीय राष्ट्रपति रनिङ सिल्डको उपाधी शान्ती मा.बि ले जित्यो
धर्मदेबी नगरपालिकाको राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिताको उपाधी शान्ती मा.बि ले जितेको छ। ७ स्वर्ण,३ रजत र २ काश्य सहित १२ पदक प्राप्त गर्दै शान्ती





प्रतिकृया दिनुहोस