धर्मदेबी नगरपालिकामा तिन वडाअध्यक्ष कसरि दोहोरिए
- Khabar abhiyan

दुर्गेश पौडेल २०७९ जेठ १०
धर्मदेबी / संखुवासभाको धर्मदेबी नगरपालिकामा गत २०७४ को स्थानीय तहमा वडाअध्यक्ष बनेका तिनजना वडाअध्यक्ष पुन यसपटकपनि दोहोरिएका छन् ।
धर्मदेबी १,३ र ६ नम्बर वडाका अध्यक्ष हरु दोहोरिएका हुन् ।
धर्मदेबी नगरपालिका वडा न १ बाट नेकपा एमालेका जगत बहादुर कार्की पुन वडाअध्यक्षमा निर्वाचित भएका हुन् । कार्किले उनका प्रतिस्पर्धी गठबन्धन तर्फबाट साझा उम्मेदवार बनेका नेपाली कांग्रेसका उम्मेदवार रमेश श्रेष्ठलाई ३५ मतले पछि पार्दै ६०५ मत ल्याएर प्यानल सहित बिजयी बनेका हुन् ।
धर्मदेबी नगरपालिका वडा न.३ बाट नेकपा एमालेका उम्मेदवार श्याम बहादुर पौडेल पुन वडाअध्यक्षमा निर्वाचित भएका हुन् ।पौडेलले उनका प्रतिस्पर्धी गठबन्धनको तर्फबाट साझा उम्मेदवार बनेका माओवादी केन्द्रका दोर्ची शेर्पालाई ३४१ मतले पछि पार्दै ८११ मत ल्याएर पौडेल प्यानल सहित बिजयी भएका हुन् ।
वडा न .६ मा नेपाली गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसको तर्फबाट उम्मेदवार बनेका लक्ष्मी अधिकारी पुन वडा अध्यक्षमा निर्वाचित भएका हुन् ।उनका प्रतिस्पर्धि नेकपा एमालेका उम्मेदवार बिष्णु महतलाई १६० मतले पछि पार्दै ५१८ मत ल्याएर प्यानल सहित बिजयी बनेका हुन् ।
तिनै अध्यक्षको गत बर्षको कार्यकाल सफल तरिकाले बिताएको ,जनतामा लोकप्रिय भएको कारण पार्टिले पुन उम्मेदवार बनाएको र जनताले भोट दिएर जिताएकोमा आफुहरु थप जिम्मेवार बनेर लाग्ने बताउछन् ।

धनकुटा महालक्ष्मीका परिश्रमि युवाले गरेको फुल खेतीले बोलायो तिहार
तिहार भन्ने बितिकै फुल र बत्तिको पर्व हो। तिहार नजिकिदै गर्दा धनकुटा जिल्ला महलक्ष्मी नगरपालिका वडा न.३ डाडागाँउका युवाले लगाएको फुल खेतिले साँच्चै

बिधालय बेथितिका विरुद्ध वालेन शैलिमा खनिए मेयर पौडेल
बुधबार धर्मदेबि नगरपालिकाको कार्यालयमा भएको बिधालयका प्र.अ हरु सहितको बैठकमा बिधालयले गरेका बेथितिका विरुद्ध र प्र.अ बैठकमा प्र.अ हरु नआएर प्रतिनिधि
लक्ष्मी लघुबित्त बित्तीय संस्थाले गर्यो बित्तीय साक्षरता कार्यक्रम
संखुवासभा / संखुवासभाको धर्मदेबी_५ माम्लिङ्गमा लक्ष्मी लघु बित्तीय संस्थाले बित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ। आफ्नो संस्थाको १२ औं





प्रतिकृया दिनुहोस