धर्मदेबी नगरपालिकास्तरीय राष्ट्रपति रनिङ सिल्डको उपाधी शान्ती मा.बि ले जित्यो
- Khabar abhiyan

धर्मदेबी नगरपालिकाको राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिताको उपाधी शान्ती मा.बि ले जितेको छ। ७ स्वर्ण,३ रजत र २ काश्य सहित १२ पदक प्राप्त गर्दै शान्ती मा.बि प्रथम भएको छ भने ,चामुण्डे मा.बि ले ६ स्वर्ण ,५ रजत र ५ काश्य सहित १६ पदक प्राप्त गर्दै दृतिय भएको छ।
तृतीय स्थान हाँसिल गरेको अमरुवा मा.बि ले ६ स्वर्ण,३ रजत र १ काश्यसहित १० पदक हात पार्दै चित्त बुझाएको खेल व्यवस्थापक शिक्षक अर्जुन राईले जानकारी दिएका छन् ।
शुक्रवारदेखि सुरु भएको प्रतियोगिताको समापन आईतवार नगरप्रमुख उदयचन्द्र पौडेलको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ।
उक्त समापन कार्यक्रममा नगरप्रमुख पौडेल साथै प्रमुख प्रशासकीय अधिकृत चुडामणिा गुरागाँई साथै सह आयोजक बिधालय व्यवस्थापन समितिका अध्यक्ष टेक ब.पौडेलले पुरस्कार वितरण गरेका थिए। पाँचौ राष्ट्रिय रनिङ सिल्ड प्रतियोगितामा कवड्डी ,भलिबल,दौड,लंग जम्प ,एथलेटिक्स लगायतका विभिन्न खेलहरु संचालन भएका थिए।
प्रतियोगिताको व्यवस्थापन तथा संचालन सिंहेस्वरी माध्यमिक बिधालयले गरेको थियो।

मादी नगरपालिकामा १ लाख धनराशीको राष्ट्रिय व्याडमिन्टन प्रतियोगिता हुने
पूर्वी हिमाली जिल्ला संखुवासभाको मादी नगरपालिकामा “पृथक पहिचान, मादी नगरपालिकाको शान” भन्ने मुल नाराका साथ “रु. १ लाख धनराशिको तेश्रो मादी

महालक्ष्मी नगर स्तरीय रास्ट्रपति रनिङ सिल्ड प्रतियोगिताको उपाधी चानुवा मा.बि ले जित्यो
महालक्ष्मी नगरपालिकाको नगर स्तरीय पाँचौ राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिताको उपाधी संचालन बिधालयलेनै राख्न सफल भएको छ। चानुवा मा वि दमारको खेल

धर्मदेबी नगरस्तरीय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता आजदेखी सुरु
धर्मदेबी नगरपालिकाको आयोजना तथा सिंहेश्वरी माध्यमिक बिधालयको सहआयोजनामा पाँचौ राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिताको सुरु भएको





प्रतिकृया दिनुहोस