ताजा खबर

धर्मदेवी नगरपालिकाको १४औं नगरसभामा ५२ करोड २ लाख १७ हजार ३५६ रुपैयाँको बजेट प्रस्तुत

  • Khabar abhiyan
SITENAME

धर्मदेवी, असार १० – धर्मदेवी नगरपालिकाको १४औं नगरसभामा आज आर्थिक वर्ष २०८२/०८३ का लागि ५२ करोड २ लाख १७ हजार ३५६ रुपैयाँको बजेट प्रस्तुत गरिएको छ। नगरउपप्रमुख तारा महत भट्टराईले बजेट सभा समक्ष प्रस्तुत गर्नुभएको हो।

 

यसअघि असार २ गते नीति तथा कार्यक्रम सार्वजनिक गरिसकेको नगरपालिकाले नीति अनुरूपको बजेट प्रस्तुत गरेको हो। आगामी वर्षको बजेटमा पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य, रोजगारी सिर्जना र सुशासनलाई प्रमुख प्राथमिकता दिइएको छ।

 

नगरपालिकाले आन्तरिक स्रोतबाट ९० लाख रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिएको छ।

 

प्रमुख प्रशासकीय अधिकृत प्रयास भट्टराईका अनुसार बजेट कार्यान्वयनका लागि आवश्यक ऐन, नियम र कानुनी संरचना निर्माणका विषयमा समेत नगरसभा बैठकमा क्रमिक छलफल हुँदै जानेछ।

 

नगरसभा नगरप्रमुख उदयचन्द्र पौडेलको अध्यक्षतामा सञ्चालित भएको थियो। सभामा नगरसभा सदस्यबाहेक अन्य संघ–संस्थाका प्रतिनिधि, राजनीतिक दल तथा सरोकारवालालाई औपचारिक निमन्त्रणा गरिएको थिएन।

प्रतिकृया दिनुहोस
SITENAME

रविलाई थप ७ दिन हिरासतमा राख्न अदालतको अनुमति

सहकारी ठगीको आरोपमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई थप ७ दिन हिरासतमा राख्न कास्की जिल्ला अदालतले अनुमति

SITENAME

४२ अाै विपि स्मृति दिवसमा धनकुटा काठमाण्डौ कांग्रेसको सुभकामना कार्यक्रम

४२ अाै विपि स्मृति दिवसकाे अवसरमा नेपाली कांग्रेस धनकुटा काठमाडौं सम्पर्क समितिले बधाई , शुभकामना तथा सम्मान कार्यक्रम सम्पन्न गरेकाे छ ।

SITENAME

महालक्ष्मीमा सहकारी संस्थाका कृषकलाई ४८ वटा हाते ट्याक्टर

  महालक्ष्मी साना किसान कृषि सहकारी संस्थाका कृषकलाई ३१ लाख बराबरको ४८ वटा हाते ट्याक्टर वितरण गरिएको छ । महालक्ष्मी साना किसान कृषि सहकारी